stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माण गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुुविस्ता भएको छ ।

मन्त्रालयले गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको जनाएको छ । वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर र सडक नियमित मर्मत सम्भार एक हजार ७१६ किलोमिटर गरिएको छ ।

त्यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार तथा ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएका छन् ।

मन्त्रालयले गत आर्थिक वर्षको योजना र कार्यक्रमबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना गरेको जनाएको छ ।मन्त्रालय अन्तर्गतका निकायका समेत गरी ४० अर्ब ९२ करोड र ८० लाख रुपियाँको वार्षिक बजेटमध्ये सङ्घीय सरकारको बजेट २९ अर्ब ९० करोड ५१ लाख रुपियाँ विनियोजन भएको थियो ।

प्राप्त बजेटमध्ये ५५ प्रतिशत बजेट खर्च भएको थियो । खर्च भएको बजेट मध्येबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना भएको मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा सात टोली र सात उपसचिवलाई सम्पर्क व्यक्ति तोकी स्थानीय तहको कार्यसम्पादनमा सहजीकरण गरिएको मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिनुभयो ।
अन्तर मन्त्रालयबीच प्रभावकारी समन्वय हुन नसक्दा कतिपय योजना कार्यान्वयनमा समस्या हुने गरी आगामी दिनमा थप सहजीकरण गरिने उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long