stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मौद्रिक नीतिको सकारात्मक प्रभाव , सेयर बजार ८४ अङ्कले उकालो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्लो समय सुधारको बाटो लिएको सेयर बजारमा साताको पहिलो दिन पनि ८४ अङ्कको उच्च सुधार आएको छ । आइतबार कारोबार सुरु भएको सात मिनेटमै नेप्से परिसूचक ८४.२६ अङ्कले उकालो लागेर १४७९.०३ बिन्दुमा पुगेर अडिएको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स १७.३९ अङ्कले उकालो लागेर ३१२.४४ बिन्दुमा पुगेको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको पहिलो दिनको कारोबारमा मौद्रिक नीतिले गरेका सकारात्मक व्यवस्था र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा सेयर बजारमा उछाल आएको हो ।

पहिलो दिन ९ मिनेट मात्र कारोबार भएको बजारमा २२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन बजार खुलेको पहिलो ७ मिनेटमै नेप्से सूचक ४ प्रतिशतभन्दा बढीले उकालो लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

पहिलो सर्किट ब्रेकपछि खुलेको बजारमा १ मिनेटपश्चात् नै थप एक प्रतिशत अर्थात् ५ प्रतिशत बढीले उकालो लागेपछि दोस्रो सर्किट लाग्यो ।
नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क, गुराँस लघुवित्त, नबिल बैङ्क, नेपाल पुनर्बीमा कम्पनी लगायतका एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेस्टमेन्ट बैङ्क, इन्भेस्टमेन्ट बैङ्क संस्थापक, शिखर इन्स्योरेन्स, एनआईसी एसिया बैङ्क तथा नबिल बैङ्कको सेयर मूल्य १० प्रतिशतका दरले उकालो लागेको हो ।
नागरिक लगानी कोष, नेपाल लाइफ, हिमालयन डिस्टिलरी, ज्योति विकास बैङ्क, एनएमबी, एनसीसीबी, सेन्चुरी,  मेगा, मञ्जुश्री फाइनान्स, नेपाल बैङ्क, लुम्बिनी विकास बैङ्क, नेपाल पुनर्बीमा कम्पनी, शिवम् सिमेन्ट, फस्ट माइक्रोफाइनान्स लगायतको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । यस दिन कुल १११ कम्पनीको कारोबार भएकोमा सबै कम्पनीको सेयर मूल्य उकालो लागेको हो ।
मार्केट डेप्थ अनुसार पोजेटिभ सर्किट लागेका कम्पनीको सेयर मूल्यमा खरिद गर्नेको उच्च चाप देखिएको थियो भने बिक्री गर्नेको सङ्ख्या ज्यादै न्यून थियो ।

आइतबार दिनभर १११ वटा कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता सेयर ६६३ पटक खरिद बिक्री हुँदा छ करोड २५ लाख ६६ हजार २९३ रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस दिन कारोबारमा आएका १० वटा उपसमूहमध्ये म्युचुअल फन्डबाहेक सबै उत्साहजनक रूपमा उकालो लागेका छन् ।
आइतबार सेयर बजारमा देखिएको उछालको मुख्य अस्त्र भनेकै मौद्रिक नीति भएको  सेयर लगानीकर्ता सङ्घ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउनु हुन्छ।

यसपालिको मौद्रिक नीतिमा सेयर बजारका लागि धेरै सकारात्मक कुरा आएको भन्दै उहाँले भन्नुभयो, लगानीकर्ताले पटकपटक उठाउँदै आएका धेरै कुरा यसपटकको मौद्रिक नीतिमा समेटिएको छ, लगानीकर्तामा पनि विश्वास पैदा भएको छ ।
नेपाल धितोपत्र बोर्डले पछिल्ला नीति तथा कार्यक्रम भिन्न र पृथक् रूपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/७८ मा सम्पादन गर्ने कार्य समेटी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमले बजार बढ्नुमा भूमिका खेलेकोउपाध्यक्ष फुल्लेल बताउनुहुन्छ ।

बोर्डले बुक विल्डिङ विधिमार्फत सार्वजनिक निष्कासन गर्न सक्ने, हकप्रद सेयर निष्कासनलाई थप प्रभावकारी बनाउने लगायतका व्यवस्था समावेश गरी नियमावली संशोधनका साथै सामूहिक लगानी कोष, क्रेडिट रेटिङ, मर्चेन्ट बैङ्कर तथा धितोपत्र दलाल व्यवसायी सम्बन्धी नियमावलीहरूको समसामयिक संशोधन गरिएको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।
विश्लेषक मनोज शर्माले पनि आइतबारको सेयर बजारमा देखिएको उछालको मुख्य कारण मौद्रिक नीति भएको बताउनुहुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका  छन।

prabhu mahalaxmi
kumari