stcnepal long ad
national life

ओलीसँग प्रचण्डले भने–मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दोर्‍याएका छन् ।

खुमलटारमा सचिवालयका तीन नेतासहित स्थायी कमिटीका केही सदस्यहरुसँगको भेट सकाएपछि दाहाल आइतबार नै ४ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

भेटमा ओलीसँग दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीसँग करिब ३ घन्टाको छलफलमा दाहालले मंसिरमा महाधिवेशन गर्न असम्भव भएकोसमेत बताएका छन् ।

उनले अब सबै विषय स्थायी कमिटी बैठकमा नै छलफल गरेर जानुपर्ने पनि बताएका छन् । बालुवाटारबाट फर्केपछि दाहालले आफू निकट नेताहरुलाई प्रधानमन्त्रीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले सर्मथन गरेको समाचार आएका थिए ।

लगत्तै राति दाहालको सचिवालयले यसको खण्डन गरेको थियो । आइतबार बिहानैदेखि दाहालले आफू यस्तो प्रस्तावको पक्षमा नरहेको सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग प्रष्टीकरण दिएका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

gold
kumari bank
kumari
nawakantipur long