stcnepal long ad
national life

त्रिविका परीक्षा भदौ दोस्रो साताबाट हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १र२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ ।
सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने त्रिविको तयारी छ ।

विज्ञहरुले पनि लकडाउनको कारण प्रभावित बनेका र नियमित हुनुपर्ने परीक्षा सञ्चालन गर्न त्रिविलाई सुझाव दिएका छन् ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने बताए ।

रेक्टर शिवलाल भुसालले सरकारले ल्याउने लकडाउनको ढाँचाअनुसार परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगले अनलाइनसहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाएको थियो ।

आयोगले कोरोना महामारीले उच्चशिक्षामा पुर्‍याएको क्षति न्यूनिकरणका लागि छाता निर्देशिका समेत जारी गरेको छ ।

चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्यापन थालेका छन् । यो खबर कान्तिपुर दैनिकमा छ ।

gold
kumari bank
kumari
nawakantipur long