citizens life insurance long ad
stcnepal long ad

नेपालमा पुनः संक्रमण दर शून्य, संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त रु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन ।

‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना संक्रमण देखिएको छैन ।’ सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनको भनाइ पनि यस्तै छ ।

‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन,’ डा। पुन भन्छन् । संक्रमणपछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन रु यसमा भने विज्ञहरुको मत बाझिएको छ । एकथरी विज्ञहरु एकपटक संक्रमित भएर गइसकेपछि शरीरमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् ।

केही विज्ञले भने संक्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ ।

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। गौतम भन्छन्, ‘संक्रमण नहुने भने होइन, तर सचेत भने हुनै पर्छ ।’ सरुवा रोग विशेषज्ञ डा। पुन पनि डिस्चार्ज भइसकेकाहरुलाई पुनः संक्रमण नभएपनि सतर्कता भने अपनाउनुपर्ने बताउँछन् ।

‘डिस्चार्ज भएर १४ दिन नाघेर घर गएका व्यक्तिलाई पुनः कोरोना भएको पाइएको छैन । त्यसैले कोरोनाबाट तर्सिहाल्नुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

IME Life
kumari