stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सञ्चालनमा आउँदै एसी बस

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

भैरहवा । बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रा.लि.का एसी सुविधा सहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रा.लि.ले आइतबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
सरकारले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि लुम्बिनी मेट्रो सिटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको उहाँले बताउनुभयो ।
अधिकारीले गृह मन्त्रालयले जारी गरेका सबै मापदण्ड पूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गर्ने बताउनुभयो । हामीले तीन महिनाभन्दा बढी बन्दाबन्दी बेहो¥यौँ, मुलुक विपद्मा परेको अवस्थामा सर्वसाधारणको सेवाका लागि हाम्रो सेवा सुचारु गर्ने निर्णय गरेका हौँ, अधिकारीले भन्नुभयो, “हामी सुरक्षित तरिकाले बस सेवा सञ्चालनमा ल्याउनेछौँ । ”
राज्यले गरेको निर्णय अनुरूप यात्रुलाई बसमा चढाउनुअघि सेनिटाइजर र थर्मल गनबाट ज्वरो जाँच गरेर बस भित्र प्रवेश गर्न दिइने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाइने जस्ता मापदण्ड पूरा गरेर सञ्चालन गरिने यातायात व्यवसायी प्रकाश पुनले बताउनुभयो ।

हाल आठवटा एसी बस सञ्चालनमा ल्याएको प्रालिले बेलहिया नाकादेखि बुटवलको गोलपार्क र बर्दघाटसम्म प्रत्येक आधा घण्टामा सवारीसाधन सञ्चालन गर्ने जनाएको छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari