stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बन्दाबन्दीको मौका छोपी सार्वजनिक जग्गा हडप्दै जनप्रतिनिधि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

तनहुँ । कोभिड–१९ संक्रमण फैलिएसँगै साउन ७ गतेसम्मलाई लकडाउन गरिएको छ । यस अवधिमा केही ठाउँमा खुकुलो बनाउँदै विकास निर्माणका काम पनि भइरहेका छन् भने केही ठाउँमा लकडाउनकै मौका छोपी सार्वजनिक जग्गा हडप्नेतर्फ जनप्रतिनिधि नै अग्रसर भएका छन् ।

सार्वजनिक जग्गामा रहेको बगैँचा फँडानी गरेर सडक निर्माणका नाउँमा बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधि व्यक्तिगत फार्म दर्ता गर्नतर्फ अग्रसर भएका छन् ।

बन्दीपुर गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ढाडखोला मोटरमार्ग विस्तारमा असर गरेको भन्दै सार्वजनिक जग्गामा रहेको आँपको बगैँचा काटिएको छ र डोजर लगाएर सम्याइएको छ ।

बन्दीपुर–२ पिप्लेअन्तर्गतको उक्त मोटरमार्गमा कालोपत्रे गर्दा समस्या हुने भएपछि काटिएको भनिए पनि सोही जग्गाको माथिल्लो भाग भने उक्त वडाका अध्यक्षको फार्म सञ्चालनका लागि बोर्डसमेत राखिएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले उक्त जग्गा सार्वजनिक भएको स्वीकार गर्नुभएको छ । तर मापदण्डअनुरुपको सडक निर्माणमा बगैँचाले अवरोध हुने भएपछि काटिएको लामिछाने बताउनुहुन्छ ।

‘मोटरमार्ग कालोपत्रे गर्नमा बगैँचाले समस्या भएकाले बगैँचाको तीनवटा रुख काटिएको हो, वडाका सबैको सहमतिमा बगैँचा काटिएको हो’ –उहाँले भन्नुभयो ।

तर उक्त बगैँचा काट्नुभन्दा पहिले वडाबासी र सर्वपक्षीय बैठक नबसी काटिएको र बगैँचा काटिएपछि स्थानीयबासी आक्रोशमा आएपछि गोप्य रुपमा मिलाइएको भनिए पनि त्यसो नभएको वडावासीको बताउँछन् ।
सबै तर्फबाट विरोधको आवाज आएपछि गोप्य रुपमा बैठक बसिएको बताउने गरेको उहाँहरुको आरोप छ ।

रुख काटिइसकेपछि सबै पक्षबाट विरोध जनाइएपछि मात्रै बैठक बसेको स्थानीयबासीको भनाइ छ । डिभिजन वन कार्यालय बन्दीपुर इकाइका अधिकृत सुरेशकुमार भुजेलले नेपालको संविधानले स्थानीय तहलाई त्यस विषयमा निर्णय गर्ने अधिकार प्रत्यायोजन भएकाले त्यसमा वन डिभिजनले केही गर्न नमिल्ने बताउनुभयो । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ।

prabhu mahalaxmi
kumari bank
kumari