stcnepal long ad
global ime bank long

मुलुक र पार्टीकाे नेतृत्व सम्हाल्न तयार छ त दाेस्राे पुस्ता ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत वर्तमान समस्याका सटिक समाधान सूत्र अगाडि सारेका छन् । उनले यूवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हाे भने पार्टी अध्यक्ष र प्रधानमन्त्री पद अहिल्यै छाडने प्रस्ताव गरेका छन् । उनले शिर्ष नेतृत्व सामु यस्ताे प्रस्ताव गरेका छन।

“अहिले पार्टीमा देखिएको विवादलाई लिएर कुनै किसिमको चिन्ता नलिनू, ढुक्क भएर काम गर्नू। यो सबै व्यवस्थापन भएर जान्छ’, ओलीले भने, ‘अब खासगरी हामी बुढा बुढा लडेर हुँदैन। अब पार्टी र सरकारको पनि नेतृत्व युवा पुस्तालाई छाड्नुपर्छ।’

‘म दुवै पद छाड्न तयार छु। तर मैले छोड्ने हुँदा म भन्दा उत्कृष्ट नेता आउनुपर्यो। होइन भने म नयाँ पुस्तालाई छाडिदिन्छु’, ओलीले भने, ‘हामी नेतृत्वका सबैजनाले एकैचोटी ‘रिटायर्ड’ हुन तयार हुनुपर्छ। हाम्रै पुस्ताले मात्रै कति नेतृत्व गर्ने?’

‘म त बल्ल बल्ल पहिलो चोटी पार्टी नेतृत्वको कार्यकाल सम्हालि रहेको छु। तर म भन्दा धेरै अगाडि लामो समय पार्टी नेतृत्व हाँकेका साथीहरु पनि हुनुहुन्छ’, ओलीले भने, ‘प्रचण्डजीले ३४ वर्षको उमेरमा पार्टी नेतृत्वमा गएर ३२ वर्षसम्म खानुभयो।

अब ६६ वर्षको भइसक्नुभयो। माधव नेपालले १५ वर्ष पार्टी प्रमुख चलाइसक्नु भयो। झलनाथले पनि त्यत्रो वर्ष चलाउनु भयो, उहाँ पनि प्रधानमन्त्री हुनुभयो।

अब उहाँहरुले अझै के गर्न बाँकी छ ? त्यसैले उहाँहरुले पनि नेतृत्वबाट अवकाश लिन तयार भए म दोस्रो पुस्तालाई अहिल्यै नेतृत्व हस्तान्तरणका लागि तयार छु।’

‘हाम्रो तर्फबाट राष्ट्र र जनतालाई धोका हुँदैन । मैले अब लिनु दिनु पनि केही छैन। घर पनि ट्रस्टलाई दिइसकेँ’, ओलीले छलफलका क्रममा भने, ‘अब त्यही घरमा बाँचुन्जेल बस्‍न पाऊँ भनेको छु। सम्पत्ति पनि मलाई चाहिएन। केही समयपछि मेरो वृद्ध भत्ता आउँदैछ, त्यही खान्छु। जीवनमा मैले फजुल खर्च गरेको छैन र अब मलाई लोभ पनि छैन

मैले सरकार र पार्टी यो कार्यकाल चलाउने हो, राम्ररी चलाएर छाड्छु’, ओलीले भने, ‘यस पछाडि अध्यक्ष हुन्‍न भनेकै छु। यो कार्यकालपछि हामी नेतृत्वमा रहेका सबैजनाले छाडौँ।’

IME Lifesidebar
kumari