stcnepal long ad
ime life insurance
national life
global ime bank long

दस वटा सिग्नेचर पुल बन्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।
दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी  (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल०, रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।
सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।
पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिनुुभयो । ‘सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ ।

पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने जानकारी उहाँले दिनुभयोे । डिउईले नेपाल बसेर ‘सिग्नेचर पुल’को डिजाइन गर्नुका साथै नेपाली इन्जिनियरलाई यस विषयमा सीप हस्तान्तरण गर्नुहुनेछ । डिउईको डिजाइनमा यसअघि भारत, श्रीलङ्कालगायत विश्वका विभिन्न मुलुकमा ‘सिग्नेचर पुल’ निर्माण भइसकेका छन् । सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले मुलुकका दस ठाउँमा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैङ्कसँग १२ अर्ब रुपियाँ बराबरको ऋण सहयोग सम्झौता भइसकेको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका  छन।

IME Lifesidebar
kumari