stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।
स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पु¥याउने योजना बनाइएको बताउनुभयो ।
वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पु¥याउने योजना बनाइएको हो । प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूूनतम आवश्यकता भएको उहाँको भनाइ छ ।
सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गर्नुभएको थियो । विपद् या महामारीका कारणले नियमित पठनपाठन हुन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायत वैकल्पिक माध्यम वा पद्धतिबाट गरिने अध्ययन अध्यापनलाई वैकल्पिक विधि मानिएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका  छन।
सरकारले जारी गरेको निर्देशिकामा विद्यालय जाने उमेर समूहका बालबालिकाको समूहगत वर्गीकरण गर्नुपर्ने उल्लेख छ । सोअनुसार विद्यार्थीलाई सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेको विद्यार्थीको समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थीको समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थीको समूह, कम्युटर भएको तर अनलाइन नभएका विद्यार्थीको समूह र इन्टनरेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह गरी पाँच समूहमा वर्गीकरण गर्नुपर्ने निर्देशकामा उल्लेख छ ।

तर जुनसुकै समूहमा पर्ने विद्यार्थी भए पनि सिकाइका लागि पुस्तक आवश्यक भएकाले विद्यार्थीको हातमा पुस्तक पु¥याउने कुरालाई प्राथमिकतामा राखिएको हो ।
सरकारले विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकामा विद्यालय तथा शिक्षकलाई परिचालन गरी विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याउने उल्लेख छ । माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय तहमा रहेको अवस्थामा स्थानीय तहले धेरै जिम्मेवार लिनुपर्छ भन्ने मान्यता राखिएको निर्देशक गौतमले बताउनुभयो ।
स्थानीय तहको निर्देशिकामा विद्यार्थीलाई घरघरमा पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी विद्यालयको भएको उल्लेख गरेको छ । विद्यालयले आफ्ना शिक्षकलाई परिचालन गरेर विद्यार्थीको हातमा पुस्तक पु¥याउने जानकारी सरकारी अधिकारीहरूले दिएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटाले असार १ अघि नै विद्यार्थीलाई पुस्तक पु¥याउने योजनामा आफूहरू लागेको बताउनुभयो । सरकारको यो अभियान सघाउन आवश्यक काम भइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक प्रकाशन गरी क्षेत्रीय कार्यालयमा पु¥याइसकिएकाले विद्यालयले विद्यार्थीको हातमा पुस्तक पु¥याउन अब सहज हुने जनाइएको छ । केन्द्रले यसै शैक्षिक सत्रका लागि एक करोड ९५ लाख थान पुस्तक छपाइ गरिसकेको छ ।

 

kumari bank
kumari
nawakantipur long