citizens life insurance long ad
stcnepal long ad

देशभरै मनसुनी वायुको प्रभाव: हल्का देखि भारी वर्षाको सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एकरदुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघरगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

यस्तै, बुधबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघरगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

IME Life
kumari