citizens life insurance long ad
stcnepal long ad

काठमाडौँका सिडिओ उपाध्याय सचिवमा बढुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घनश्याम उपाध्याय नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिसमा परेका तीन जना सचिव मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा उपाध्यायलाई बढुवा गरेको हो ।

सचिव बढुवा सिफारिसमा उपाध्याय लगायत सहसचिवहरु लक्ष्मी बस्नेत र दिनेश घिमिरे परेका थिए । सचिवमा बढुवा भएका उपाध्याय कुशल र इमान्दार प्रशासकका रुपमा परिचित छन् ।

उनले ललितपुर र काठमाडौँमा रहेर सफल सिडिओको भूमिका निर्वाह गरेका थिए ।

त्यस अघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालयमा रहेर महत्त्वपूर्ण नीति निर्माण कार्यमा सरिक भएका थिए । उनी सहसचिवको लिखित प्रतिस्पर्धामा खुला तर्फ टपर भएका थिए।

IME Life
kumari