stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

खाडी देशको राजदुत बन्न मेनपावर व्यवसायीको दौड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।अहिले २० देशमा नेपाली राजदुत पद खाली छ । राजदूत बन्नका लागि नेता,बुद्धिजीवीदेखि मेनपावर व्यवसायी समेत दौडधुपमा लागेका छन । पैसा भएर पनि इज्जत कमाउन नपाएका वा नसकेकाहरु अहिले राजदूत बनेर प्रतिष्ठा कमाउने ध्याउन्नमा छन् ।

कतिपय भने पैसाको आडमा पद नै खरिद गरेर थप आम्दानीको स्रोत बनाउन चाहिरहेका छन् । कांग्रेसका केही नेताहरू राजदुत बनाउने ठेक्का गर्दै बार्गेनिङमा रहेको समेत चर्चा छ।

त्यसमा पनि नेपालबाट राजदूत भएर जाने व्यक्तिले नेपालको इज्जत राख्नेभन्दा धेरै बेइज्जत गर्ने गरेको घटनाहरु थुप्रै छन् । मानव तस्करीको आरोपदेखि घर खरिदमा अनियमितता गर्नेसम्मको हर्कत विगतमा सार्वजनिक भएका छन ।

खाडी देशमा राजदूत भएर जानेहरुले नेपाली कामदारको मृत्यु हुँदा त्यसबापत प्राप्त सहयोग रकममा पनि भ्रष्टाचार गर्ने राजदूत भेटिएका थिए ।

राजदूत भएरै डलर कमाई हुने देखेर हुनसक्छ, अहिले नेपालस्थित कतारी राजदूतको सल्लाहकारको भूमिका रहेका व्यक्ति पनि कतारको राजदूत हुने दौडमा लागेका छन । कतार कामदार पठाउने म्यानपावर कम्पनीहरु पनि ती व्यक्तिलाई राजदूत बनाउने प्रयासमा छन् ।

म्यानपावर कम्पनी कतारको राजदूतका सल्लाहकारलाई कतारको राजदूत बनाएर पठाउन सकिए थप आम्दानी जुटाउन सकिने बताउन थालेका छन् । कांग्रेसनिकट म्यानपावर व्यवसायीहरु पैसाको थैलो बोकेर प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा। नारायण खडका निवास धाउन थालेका छन् ।

लुम्बिनी प्रदेशमा घर भएका ती सल्लाहकार लामो समयदेखि कतार राजदूतको सल्लाहकारको भूमिकामा थिए । पिएचडीसमेत गरिसकेका ती सल्लाहकार पनि राजदूतका लागि जति पनि पैसा खर्च गर्न मनसायमा छन ।

त्यसैले, म्यानपावर कम्पनीका सञ्चालकहरु पनि उनलाई कतारको राजदूत बनाएर पठाउन सकिए कतार प्रहरीका लागि माग भएर आउने कामदारहरुको स्रोत आफूहरुले पाउने स्वार्थमा लालायित भएका छन् ।

कतारकै राजदूतका बन्ने प्रयासमा पूर्वराजदूत रमेश कोइराला पनि लागेका छन् । उनी पहिला श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री टेकबहादुर गुरुङको सल्लाहकार थिए ।

त्यही बेला उनी कतारको राजदूत भएर गएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई फिर्ता बोलाएपछि नेपाल आएका कोइराला अहिले ओली सरकारबाट अपमान भयो गठबन्धन सरकारबाट न्याय र सम्मान पाउनुपर्छ भन्दै राजदूतको दौडमा लागेका छन् ।

 

prabhu mahalaxmi
kumari