citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि तरकारीको मूल्य दोब्बरले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौंमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ ।

गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ ।

कोरोनाको जोखिमका कारण अहिले काठमाडौं उपत्यकाका प्राय सबै विद्यालय बन्द छन् । विद्यालयका होस्टेल तथा क्यान्टिन तथा होटल र रेस्टुरेन्ट पनि प्राय बन्द हुँदा तरकारीको माग त्यति धेरै छैन । बजारमा अहिले दैनिक ६ सयदेखि सात सय मेट्रिक टन तरकारी पनि भित्रिरहेको छ । तर, पनि मूल्य भने बढ्दै गएको छ ।

बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

वर्षाका कारण तयार हुँदै गरेका तरकारीमा नोक्सानी हुने र उत्पादन भएका तरकारी पनि ढुवानीका क्रममा बिग्रने गरेकाले भाउ बढेको उहाँको भनाइ छ । तर उपभोक्ताले भने भाउ बढ्नुमा यो मात्र कारण नभएको गुनासो गरेका छन् । प्रभावकारी अनुगमन नहुँदा व्यापारीले आफूखुशी मूल्य राखेर तरकारी बिक्री गर्ने गरेका उपभोक्ताको गुनासो छ ।

himalayan life insurance
igi long