यती एयरलाइन्सले आइपीओ निष्काशन गर्ने
बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । यती एयरलाइन्सले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त गरेको छ ।
धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एयरलाइन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।
आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक हो ।

























