stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

डिजेलको भाउ बढ्यो, पेट्रोल र ग्यासको यथावत्

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । आइतबार देखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमले डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ माघ १७, २०८२ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु ०.१२, डिजेलमा रु ४.६६ र एलपी ग्यासमा सिलिन्डर रु ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

prabhu mahalaxmi
kumari