citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. वसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमाभन्दा आधाजति छिटो समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा सुरू भएयता तीनवटा सर्जरी गरिसकेका छौँ ।”

डा पन्तले यस प्रविधिबाट विशेष  किसिमका  बिरामीमा  मात्र  यस  प्रविधिको  प्रयोग  गरिने बताउनुभयो । “हामी पनि परीक्षणकालमा छौँ । अझै पाँचवटा केशहरू हेर्छौं ।

रोबोटिक र अरु नियमित सर्जरीको नतिजा तथा समयसीमामा कत्तिको फरक रहेछ भनेर हेर्छौं”, उहाँको भनाइ छ ।

gold
himalayan life insurance long ad