नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी नतिर्ने ४७ सेवा प्रदायकको नाम प्रकाशित
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम जम्मा नगर्ने ४७ सेवा प्रदायकको नाममा सूचना प्रकाशित गरेको छ ।
पटक पटक ताकेता गर्दा पनि बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।
‘
नेपाल दूरसंचार प्राधिकरणवाट अनुमतिपत्र प्राप्त देहाय बमोजिमका सेवा प्रदायकहरुले दूरसंचार सेवा संचालन गरे बापत दूरसंचार ऐन, २०५३ बमोजिम आव २०७८/२०७९ मा आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम र उक्त आवको वित्तीय विवरण सहित २०७९ पुष मसान्तभित्र दाखिला गर्नु पर्नेमा प्राधिकरणबाट पटक पटक ताकेता गर्दा समेत हालसम्म दाखिला गरेको नपाइएको हुँदा नियमानुसार नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम यही २०८० श्रावण मसान्त भित्रमा सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्ने गरी तोकिएको बैंक खातामा (थप दस्तूर सहित) दाखिला गरी सोको सक्कल भौचर संलग्न गरी पेश गर्नु हुन जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।
निर्धारित समय भित्र रकम दाखिला नगरेमा नियमानुसार हदैसम्मको कारबाही अगाडि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ ।
रकम जम्मा नगर्ने सेवा प्रदायकको सूचीः


























