sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिआइबीद्वारा सुन तस्करी प्रकरणमा अनुसन्धान सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ ।

सिआइबीले यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

हङ्कङबाट क्याथेप्यासिफिकको विमान हुँदै स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको पार्किङ क्षेत्रबाट बरामद गरेको थियो ।

राजस्व छली गरी ल्याएको तस्करीको सुनबारे राजस्व अनुसन्धान विभागले पहिलो चरणको अनुसन्धान गरी २० दिनपछि आइतबार मात्र सिआइबीलाई बुझाएको थियो । विभागले फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई आइतबार नै सिआइबीलाई बुझाएको छ ।

बरामद  सुनबारे अनुसन्धान गर्न विभागले नेपाल प्रहरीको सहयोग मागेपछि काठमाडौँ उपत्यका अपराध  अनुसन्धान  कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीको नेतृत्वमा प्रहरी खटिएको थियो ।

विभागले तीन हप्तामा गरेको अनुसन्धानबाट सुन तस्करीमा सङ्गठित तस्करीको गिरोह नै संलग्न रहेको निष्कर्ष निकालेको थियो । उक्त सुन प्रकरणमा नेपाल, भारत र चिनियाँ गरी हालसम्म तीन देशका नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा तस्करीमा अन्तर्देशीय अपराध जस्ता विषय पनि देखा परेको बताउनुभयो । यस प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालतले थप सात दिनको म्याद थपेको छ ।

यसअघि थुनुवाहरूलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएको थियो । आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरूको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

prabhu bank
nawakantipur long