citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न पर्यटन मन्त्रीसँग आग्रह

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल उद्योग परिसङ्घले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न पर्यटनमन्त्रीसमक्ष आग्रह गरेको छ ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर पर्यटन उद्योगको विकासका लागि निजी क्षेत्रसँग समन्वय, सहकार्य गर्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए ।

उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका लागि मन्त्री किरातीको ध्यानाकर्षण गराए ।

युरोपका पर्यटकहरु धेरै खर्च गर्ने मध्येमा पर्ने भएकाले युरोपियन युनियनको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो ।

परिसङ्घले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रुपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मन्त्री किरातीले नेपाल युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउने विश्वास व्यक्त गरे ।

उनले युरोपियन युनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न सरकार गम्भीर भएर अगाडि बढ्ने बताए ।

उनले नेपालका दुर्गम स्थानमा सेवा प्रवाह गरी नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडी जहाज खरिद गर्ने तयारी गरिरहेको बताए । उनले पर्यटन उद्योगको विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए ।

himalayan life insurance
igi long