macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

टेरामेक्सले गोपनीयताको हक उल्लङ्घन हुदैन्ः अध्यक्ष खनाल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामेक्सले गोपनीयताको हक उल्लङ्घन नहुने बताएका छन् ।

अध्यक्ष खनालको अनुसार यसको बारेमा पूर्ण रूपमा जानकार नभई बोल्दा मानिसमा गलत अर्थ बस्न गएको बताएका छन् ।

टेरामेक्सले कुनै पनि कल विवरण तथा म्यासेज पठाउँदा पनि डाटामा पहुँच नराख्ने उनले बताए । उनले भर्ने टेरामेक्सले ती डाटाहरु सेन्स गर्ने र कहाँ गलत गतिविधि भइरहेको छ भनेर हेर्न काम गर्ने बताएका छन् ।

उनले  भने,‘अपराधिक गतिविधिका लागी फरक सिस्टम रहेकोले यो टेरामेक्सले नहेर्ने बताएका हुन् । ल फुल इन्टरसेप्सन ९कानुनी अवरोध० र टेरामेक्सलाई एक अर्कामा फरक छ ।

यी दुई फरक कुरालाई जबरजस्ती मिसाउन खोजिएको हो । ल फुल इन्टरसेप्सन खुकुरी हो भने टेरामेक्स छाला पनि नकाट्ने साटो विलेट रहेको उदाहरण दिएका छन् ।’

खनालले नागरिकको गोपनीयताको हकमा उपोभोक्तलाई भन्दा बढी प्रधिकरणलाई चिन्ता रहेको बताएका छन् ।

टेरामेक्सबारे ९० प्रतिशत उपभोक्ताले राम्रो प्रतिक्रिया दिएका छन् भने १० प्रतिशतले यसबारे गलत हिसाबले बुझेको उनको भनाई छ ।

साथै उपोभोक्तलाई बुझाउन नसक्नुमा प्राधिकरणकै कमीकमजोरी रहेको यसबारे बुझाउन केही समय लाग्ने उनले बताए ।

himalayan life insurance
igi long
NTA long ad