stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकामा जारी प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । अमेरिकाको विभिन्न शहरमा जारी विरोध प्रदर्शनले उग्ररुप लिइरहेपछि नियन्त्रणका लागि सेना परिचालन गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका एक् अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युको विरोधमा विभिन्न शहरमा जारी प्रदर्शन र हिंसा नियन्त्रणमा नआए सेना परिचालन गर्न सकिने राष्ट्रपति ट्रम्पको भनाई सार्वजनिक भएको हो ।

लगातारको प्रदर्शनका कारण तोडफोड आगजनी र विभिन्न पसल तथा मार्टहरुमा चोरी र लुटपाट बढ्न थालेपछि राष्ट्रपति ट्रम्पले स्थिति नियन्त्रणका लागि कठोर कदम चाल्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले जारी हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि कडा कदम चाल्न गभर्नरहरुलाई आह्वान गरेका छन् ।

दशकौंमा अमेरिकामा भएको खराब प्रर्दशन र हिंसा नियन्त्रणका लागि चालेका कदम कमजोर भएको भन्दै राष्ट्रपति ट्रम्पले गभर्नरहरुको आलोचनासमेत गरेका छन् ।

तर विभिन्न राज्यका गभर्नरहरुले राष्ट्रपति ट्रम्पले लगाएको आरोपको खण्डन गरेका छन् ।

यसैबीच फ्लोइडको मृत्युका कारण अमेरिकामा मात्र नभइ केही युरोपेली मुलुकहरुमा पनि प्रदर्शन भइरहेका छन् ।

prabhu mahalaxmi
kumari