stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन कोरोना भाइरसको सङ्क्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख छ हजारको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थाले यता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

विश्वमै कोरोना सङ्क्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् । तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ ।

मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको सङ्क्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

IME Lifesidebar
kumari