stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रियसभाका महिला सांसदले सरकारलाई खबरदारी गरे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले विभिन्न प्रदेशहरुमा कोरोना परीक्षण किटको अभाव भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यहरुले भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट अभाव रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य इन्दु कडरियाले भारतबाट फर्किनेहरुको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको बताइन् ।

लकडाउनको समयमा बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लकडाउनको मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडी बढाउने गरी कामगर्न आग्रह गरिन् ।

सदस्य कोमल वलीले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको बताइन् ।

प्रदेश नम्बर ५ मा संक्रमणको दर उच्च रहेपनि परीक्षण किटहरुको अभाव रहेको प्रति उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सदस्य उदया शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम मोलेर पनि निरन्तर सेवामा खटिएको संसद सचिवालयका कर्मचारी लगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउनुपर्ने बताइन् ।

सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नहुँदा संक्रमणको दर बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराइन् ।

IME Lifesidebar
kumari