citizens life insurance long ad

इप्पान निर्वाचनमा ३८ जनाको उम्मेदवारी दर्ता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्य समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २र२ जनासहित ३८ जनाले उम्मेदवारी दिएका छन्।

२५ सदस्यीय कार्य समितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ।

पाँच जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमले उम्मेदवारी दिएका छन्।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्।

पाँच जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ। सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ।

१० जना सदस्यहरूको लागि १७ जनाको उम्मेदवारी 

सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन्।

तीन जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमन जोशी निर्विरोध भएका छन्।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुनेछ। हायात होटलमा हुने इप्पानको २१औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ।

IME Life
kumari