citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सफा हिमाल अभियान २०२३ मा ३५ टन फोहोर संकलन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गरि यस वर्षको सफा हिमाल अभियान २०२३ सफल भएको छ।

विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियानमा अन्य धेरै संस्थाहरू सुर्य नेपाल,डाबर नेपाल,युएनडिपी,डब्लुडब्लु एफ लगायत कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरी गत २०७९ चैत्र १८ गतेदेखि २०८० जेठ २२ गते सम्म सफा हिमाल अभियान सञ्चालन भएको थियो । प्रत्येक वर्ष सयौँ आरोही, शेर्पा र भरियाहरूको टोलीहरूले हिमाल चढ्न जाँदा, चुचुराहरूमा पुग्ने बाटोमा आफुसँगै बायोडिग्रेडेबल र नन(बायोडिग्रेडेबल फोहोर पछाडि छोडने गरेका छन। यसले हिमालमा फोहोर व्यवस्थापनको चुनौती थप्दै आएका छन् ।

नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जना सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्दै चारवटा हिमालमा सरसफाई गरेको थियो। ती हिमालहरूबाट प्रयाप्त फोहोर संकलन गरेको छ ।

खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरु, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर संकलन गर्दै टिमले यस वर्ष ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको थियो।

सफा हिमाल अभियान २०२३ का निर्देशक नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पाण्डेले भने, “सफा हिमाल अभियान,  विभिन्न  हिमालहरुको  स्वच्छता जोगाउनका लागि एउटा सबल कदम हो ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष हामीले अभियानको क्रममा कठिन मौसमी अवस्थाको सामना गर्यौँ र टिमका धेरै सदस्यहरू स्वास्थ्य समस्याहरूका कारण पछि परेका थिए भने टिमका सदस्यहरूको सुरक्षाका लागि पहिले भन्दा धेरै इभ्याकुवेसन् गर्नुपरेको थियो ।

चुनौतीपूर्ण मौसम र उच्च जोखिमको अवस्थाका बावजुद टिमको सराहनीय समर्पणले हामीलाई हाम्रो लक्ष्यतर्फ अगाडि बढ्न मद्दत गरेको छ । विज्ञहरू र नेपाली सेनाले शेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरुसँग मिलेर हामीलाई बाटो र शिविरहरूबाट मात्र नभई, जम्मा भएका सबै क्षेत्रहरूबाट फोहोर संकलन गरी फिर्ता ल्याउन समर्थ बनायो । ‘उहाँले कुराकानीका क्रममा बताउनु भयो।

पहिलो संस्करण देखि नै प्रमुख दाताका रूपमा कोकाकोला फाउन्डेशन आवद्ध रहेको सफा हिमाल अभियान हाल चौथो श्रृंखलामा रहेको थियो।

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भइ हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान भैरहेको छ ।

हिमालको सुन्दर इकोसिस्टम जोगाउन सबैको सामूहिक दायित्व झल्काउने गरी यस वर्ष अभियानको नारा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ रहेको थियो ।

लक्षित चार हिमालहरूबाट फोहोर संकलनलाई प्रभावकारी बनाउन टिमले स्थानीय सरकार, सरोकारवाला र सबन्धित निकायहरूसँग समन्वयमा काम गरेको थियो ।

सफा हिमाल अभियानका बारेमा बोल्र्दै, सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक व्रिएसनका संस्थापक र अध्यक्ष श्री आनन्द मिश्रले “हिमाली भेगको फोहोरले विशाल चुचुराहरूको महिमा र महत्वलाई ह्रास गर्दै नेपालमा एउटा महत्वपूर्ण चुनौती खडा गरेको छ ।

सफा हिमाल अभियान, यी प्राचीन प्राकृतिक सम्पत्तिहरूमा फोहोरको समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गर्दै, यस विषयमा सचेतना जगाउने र नागरिकको रूपमा हाम्रो सामूहिक दायित्व सम्झाउने एक शक्तिशाली प्रयास हो भन्ने मेरो दृढ विश्वास छ ।

व्रिएसनले संकलन गरिएको फोहोरलाई सह–प्रशोधन र पुनः प्रयोग गर्न, यसको उचित उपयोग सुनिश्चित गर्न र फोहोर व्यवस्थापनको लागि दिगो प्रक्रियालाई अग्रसरता दिन महत्वपूर्ण भूमिका खेलेको छ । यस अभियानमा संलग्न सबैले फोहोर संकलनका लागि गरेको प्रयास साँच्चै प्रशंसनीय छ र यस असाधारण पहलको एक हिस्सा हुन पाउँदा म गर्व गर्दछु” भनेका छन।

दिगो फोहोर व्यवस्थापन प्रवर्द्वन गर्ने प्रयासको रूपमा फोहोर संकलनपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ्ग पार्टनरलाई अन्नपूर्ण हिमाल, ल्होत्से हिमाल,सगरमाथा र बरूणत्से हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण गरेको थियो ।

जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौं, ललितपुर, पोखरा र भरतपुर लगायतका सहरहरूमा डिजिटल स्क्रिन मार्फत दर्साउँदै आएको छ ।

३५ टन फोहोर संकलन गर्ने लक्ष्य पुरा गरेपछि अभियानको सफलताको खुसियालीमा विश्व वातावरण दिवशको दिन जेठ २२ गते अर्थात जुन ५ तारेखमा काठमाडौंको हयात प्यालेस होटलमा एक कार्यक्रम गरि भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्वलाई जोड दिँदै यो अभियान समापन गरिएको छ ।

कोकाकोला फाउन्डेसनको आयोजनामा भएको सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख आथिती हुनुहुन्थ्यो ।

कोकाकोला कम्पनीका नेपाल र भुटानका प्रमुख आदर्श वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा कोकाकोला एशियाकी प्रमुख देवयानी राणा, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यस सफा हिमाल अभियान २०२३ का बारेमा बोल्दै हिमाललाई सुन्दर र सफा राख्नका लागि फोहोर सफा गर्नुपर्ने बताएका थिए।

हिमालय जोगाएर भविश्यका पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गरि पर्यटन प्रवर्द्वन गर्नुपर्नेमा पनि उहाँहरूले जोड दिनु भएको थियो।

स्थानीय जनप्रतिनिधि,सरकार,पर्यटन व्यवसायी,शेर्पा समुदाय र आयोजकको सामुहिक प्रयासले ल्होस्से,अन्नपूर्ण,सगरमाथा र बरूणत्से हिमालको फोहोर सफा गर्न सकिएको महासेनानी किशोर अधिकारीले बताउनु भएको थियो।

कार्यक्रममा हिमाल आरोही माया गुरूङ,फोटोग्राफर आरोही पूर्णिमा श्रेष्ठले हिमाल आरोहणका अनुभव बताउदै हिमालमा खानेकुरा,अक्सिजनका सिलिन्डर,दिशा पिसाव,प्लाष्टिकका सामाग्री र मृत मानव शरिरका फोहोर रहेको बताएका थिए।

himalayan life insurance
igi long