sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बक्यौता रकम लिन सिंहदरबारमा भौँतारिँदै उखु किसान

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । “उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको हो ।

नौ वर्षदेखि बाँकी रहेको रकमका लागि पटक पटक आन्दोलन गरेँ तर कुनै सुनुवाइ भएन अनि काठमाडौँसम्म आउन बाध्य भएको उहाँले बताउनुभयो ।

“यसअघि पनि तीन पटकसम्म माइतीघर मण्डलामा आन्दोलन गरिसकेका थियौँ, सरकारबाट आश्वासन लिएर घर फर्केका थियौँ तर आश्वासन अनुसार रकम नपाएपछि पुनः काठमाडौँ आएका छौँ,” कलवारले भन्नुभयो, “हामीले घरपरिवारलाई उखुको पैसा लिएर मात्र काठमाडौँबाट फर्किन्छौँ भनेर आएका छौँ । उद्योगीले पैसा दिएनन् भने हामी कुन मुख लिएर गाउँ जाने रु”

महालक्ष्मी सुगर मिल्स कपिलवस्तुबाट सर्लाही सरिसकेको छ तर उखु किसानको बक्यौता रकम दिएको छैन । कपिलवस्तुका किसानले करिब ११ करोड रुपियाँ लिन बाँकी रहेको छ ।

त्यसमा अढाई करोड रुपियाँ अनुदान रकम रहेको छ तर उद्योगीले विभिन्न बहानामा सो रकम दिन नचाहेको उहाँले गुनासो गर्नुभयो ।

“अहिले त्यो मिल कपिलवस्तुमा छैन, त्यहाँबाट सर्लाही सरेको नौ वर्षभन्दा बढी भइसक्यो तर उद्योगीले रकम दिन मानेको छैन, यस पटक रकम नलिइकन घर फर्कंदैनौँ,” उहाँले भन्नुभयो, “मेरो मात्र डेढ लाख रुपियाँ लिन बाँकी छ । हामी साना किसानका लागि त्यो रकम धेरै हो, त्यो नपाएसम्म काठमाडौँबाट फर्कंदैनौँ ।”

आन्दोलनको नेतृत्व गरेको कपिलवस्तु किसान सङ्घका संयोजक अनुप चौधरीले उखु किसानलाई सरकारले फुलबल जस्तो प्रयोग गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाललाई भेट्दा यो उद्योग मन्त्रालयसँग सम्बन्धित हो भनी उता पठाइदिनुभयो ।

उद्योगमन्त्री रमेश रिजाललाई भेट्दा उहाँले यो कृषि मन्त्रालयसँग सम्बन्धित विषय हो भनी त्यता पठाइदिनुभयो, हामीलाई सिंहदरबारमा फुटबल जस्तै यताबाट उता कुदाइरहेका छन् ।” अर्थ मन्त्रालयले किसानको बक्यौता रकम उद्योगीले जसरी पनि दिनुपर्छ, यो निर्णय भइसकेको छ, अनुदान रकम पनि ती उद्योगीले लगिसकेका छन् भनेर पन्छिरहेको छ तर उद्योगीले आफूहरूले सरकारबाट अनुदान रकम नपाएका कारण रकम दिन नसकिने भनिरहेको उहाँले बताउनुभयो ।

उद्योगीले किसानलाई नौ वर्षदेखि दुःख दिइरहेका छन्, यता सरकारले कहिले यता जा कहिले उता जा भनेर दुःख दिइरहेको गुनासो गर्दै उहाँले अब आन्दोलनका रूपमा परिवर्तन गरेर सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले बक्यौता रकम नलिइकन गाउँ फर्किन कुनै पनि किसान नचाहेको बताउनुभयो ।

अर्का किसान उदयराज चौधरीले उद्योगीले नौ वर्षदेखि आफूहरूलाई दुःख दिइरहेका छन् नै तर सरकारले पनि आफूहरूलाई दुःख दिएको गुनासो गर्नुभयो ।

सरकारले उद्योगीबाट रकम दिलाउनुको सट्टा आफूहरूलाई अनावश्यक दुःख दिइरहेकाले यस पटक रकम नलिइकन घर नफर्किने चेतावनी दिनुभयो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

gold
kumari bank
nawakantipur long