citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मि र संचारकर्मीका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले सशस्त्र प्रहरीका लागि समेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने नाका सहित सिमा सुरक्षा र कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटीरहेको सशस्त्र प्रहरी बलका लागि पर्शनल प्रोटेक्टिभ इक्यूपमेंट, फर्स्ट एड किट्स तथा एन ९५ मास्क सहयोग गरेको हो ।

दुवै सहयोगी संस्थाले २ सय १६ फर्स्ट एड किट्स, ७० थान पीपीइ र २ सय ४० थान एन ९५ मास्क सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललाइ उपलब्ध गराएका छन् ।

उक्त सामग्री वरिष्ठ कलाकार हरिबंश आचार्य, गायिका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्री र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले महानिरिक्षक खनाललाइ सशस्त्र प्रहरी बलको मुख्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरेका हुन् ।

विपद, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सेना तथा प्रहरीलाइ सम्मान र हौशलाका लागि मायाको चिनो स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए ।

gold
himalayan life insurance long ad
kumari bank