stcnepal long ad
ime life insurance
national life
global ime bank long

दाईबाटै करणीमा परिन् बहिनी, गर्भ रहेको भन्दै उजुरी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

स्याङ्जा । एक युवतीलाई करणी गरेको भन्दै प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार नियन्त्रणमा लिएको छ ।

१९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन ती पुरुषलाई नियन्त्रण गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा निवेदन दिएको बताउनुभयाे।

जबरजस्ती करणी गरेको भन्दै समातिएका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र ती पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस

IME Lifesidebar
kumari