नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले ईलाम जिल्लामा पि.पि.ई (PPE) तथा माक्र्स वितरण

आर्थिक सञ्जाल
काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले जिल्ला प्रशासन कार्यलय, ईलामको सिडिओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक रोसन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा ५००० (पाँच हजार) थान माक्र्स र २० थान पिपिई (एएभ्) हस्तान्तरण गर्नु भयो ।
अहिलेको विषम परिस्थितिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) र माक्स सहयोग गर्नुभएकोमा महासंघलाई सिडिओ तुलसी राम सेडाईले कृतज्ञता ब्यक्त गर्दै विशेष धन्यवाद दिनुभएको छ ।
उहाँले यो पिपिई र माक्र्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी उपरिक्षक रोसन श्रेष्ठले महासंघले काठमाडौबाट अहिले महामारी को अवस्थामा ईलाम जिल्ला का लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोमा खुशी ब्यक्त गर्दै महासंघ र १ नं प्रदेश कमिटीलाई विशेष धन्यवाद दिनुभएको छ ।
महासंघको १ नं प्रदेश कमिटीका संयोजक बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि.पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला बिराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पिपिई प्रदान गरिएको जानकारी दिनुभयो ।