stcnepal long ad
ime life insurance
national life
global ime bank long

आधारभूत तालिमको दिक्षान्त 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १३ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जेठ १३ गते सोही प्रतिष्ठानमा आयोजित तालिमको दिक्षान्त कवाजमा उक्त तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडा प्रदान गर्नुका साथै कवाज, चाँदमारी र सहिष्णुता तर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

दिक्षान्त समारोहमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको शुभकामना सन्देश वाचन गरिएको थियो ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश मार्फत सशस्त्र प्रहरी बल, नेपालले उच्च व्यवसायिकता, अनुशासन र ईमान्दारिताका साथ राज्यप्रदत्त कार्यादेश सम्पादन गर्दै आईरहेको र सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्ने जिम्मेवारीमा थप कुशलता तथा दक्षता अभिवृद्धि गर्न आवश्यक जनशक्ति र साधनश्रोत व्यवस्थापन गर्दै संगठनको सुदृढिकरण गरी एक आधुनिक र व्यवसायिक सुरक्षा निकायको रुपमा विकास गर्न सरकार सदैव क्रियाशील रहेको र हाल विश्व लगायत नेपाल कोभिड–१९ को महामारीबाट गुज्रीरहेको विषम परिस्थितीमा समेत सोको नियन्त्रणका लागि नेपाल सरकारको नीति तथा निर्णय कार्यान्वयन गराउने सन्दर्भमा सीमित साधन र श्रोतका वावजुद सशस्त्र प्रहरी बल, नेपालले खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै राज्यले सुम्पिएको हरेक दायित्वलाई व्यवसायिक एवं अनुशासनका साथ सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र र जनताको सेवामा आफ्नो जीवनलाई समाहित गरेको कुरा ईतिहास र वर्तमानले पुष्ट्याई गरेको उल्लेख गर्दै दिक्षित अधिकृतहरुलाई कठिन फौजी तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनुका साथै कार्यक्षेत्रमा सफलताको कामना गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुभकामना सन्देश मार्फत प्रशिक्षार्थीहरुले तालिमबाट सिकेका ज्ञान, कला र कौशलको उपयोग गरी भोलीका दिनमा देखापर्न सक्ने सुरक्षा चूनौतीहरुलाई मानवीय मूल्य र मान्यताप्रति प्रतिवद्व रही सुरक्षा सेवा प्रदान गर्न सफल रहने विश्वास व्यक्त गर्नुका साथैे समाजमा शान्ति सुरक्षा कायम हुन सकेमा मात्र समग्र राष्ट्रको विकास एवं समुन्नती सम्भव हुने उल्लेख गर्नुहुँदै राज्य प्रदत्त कार्यदेशहरुमा सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट कार्य सम्पादन गरिरहेको र विशेष गरी सीमा सुरक्षामा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

दिक्षान्त कवाजका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान राष्ट्रिय अभियानलाई सफल पार्न र सुशासनको प्रत्याभुतिका लागि सशस्त्र प्रहरी बल, नेपाल सदैव क्रियाशिल रहेको बताउनुहुँदै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खनालले कोभिड–१९ को महामारी नियन्त्रणमा समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु दृढ विश्वासकासाथ अग्रपंक्तिमा रही अहोरात्र खटिई रहेको र सोको सबै क्षेत्रबाट प्रशंसा भईरहेको उल्लेख गर्नुहुँदै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिँदा सदैव राष्ट्र र जनताका लागि आफ्नो सम्पूर्ण सुख सुविधाहरुलाई त्यागेर जिम्मेवारी निर्वाहमा जुटिरहन निर्देशन दिंदै खनालले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरु देशका विभिन्न भागहरुमा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्दार कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गर्दै प्रभावकारी ढंगले परिचालित हुँदै आईरहेको र संगठनका नेतृत्व तहका कमाण्डरहरुले आफू मातहतकालाई अभिभावकत्व प्रदान गर्दै सदैव कार्यप्रति उत्प्रेरित र हौसल्ला प्रदान गर्नुपर्ने साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता जोगाउन एक ढिक्का भएर एक मतका साथ कार्य गर्न निर्देशन दिनुभयो ।

५८ हप्ता अवधिको उक्त तालिममा २१ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।

 

 

IME Lifesidebar
kumari