citizens life insurance long ad
stcnepal long ad

आजदेखि लागु हुँदै घटेर आएको इन्धनको नयाँ मूल्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आज मंगलबारदेखि लागू हुने भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो ।

यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

मूल्य समायोजन पछि अब डिजेल र मट्टितेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोमिटर कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमै यथावत् राखिएको छ ।

IME Life
kumari