stcnepal long ad
himalayan life insurance long ad

उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता लागु हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि यही चैत २३ गतेदेखि आचारसंहिता लागु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार बिहीबारदेखि आचारसंहिता लागु गर्ने तयारी छ। आयोगको पदाधिकारी बैठकबाट निर्णय भएपछि तोकिएका क्षेत्रमा आचारसंहिता लागु हुनेछ।

तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो।

तीनै क्षेत्रमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बारा २ मा ३६ जना, चितवन २ मा २४ जना र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बारामा २४ जना स्वतन्त्र उम्मेदवार छन् जबकी विभिन्न दलबाट यहाँ १२ जनाको मात्र उम्मेदवारी परेको छ। चितवनमा पनि १२ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन।

यही चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह समेत दिइनेछ।