stcnepal long ad
ime life insurance
national life
global ime bank long

जुटमा एन्टी डम्पिङ खारेज गर्न पहल गर्ने आश्वासन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालबाट तयारी जुट आयात गर्दा भारतले लगाउने गरेको एन्टी डम्पिङ ड्युटी हटाउन पहल गर्ने बताएका छन् ।

मोरङ व्यापार संघमा आयोजित कार्यक्रममा व्यवसायीले नेपाल र भारतबीचको व्यापारमा रहेका समस्या जानकारी गराएपछि राजदूत श्रीवास्तवले जुटको व्यापार सहजीकरणका लागि आफूले एन्टी डम्पिङ ड्युटी हटाउन नयाँ दिल्लीमा पहल गर्ने बताए । भारतले नेपाली जुट आयातमा ४ प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी लगाउँदै आएको छ ।

भारतले निकासीमा प्रतिबन्ध लगाएको खाद्यान्न नेपाललाई चाहिने परिमाण सजिलै उपलब्ध हुने पनि श्रीवास्तवले बताए । आवश्यक खाद्यान्नको वास्तविक तथ्यांकसहित माग भए भारत सरकारले उपलब्ध गराउने उनको भनाइ छ ।

भारत सरकारले विकासमा छिमेकीलाई पनि सँगसँगै लिएर जाने नीति लिएको र बथनाहदेखि विराटनगर आईसीपीसम्मको रेलवे सेवा केही समयभित्रै सञ्चालन हुने उनले बताए । उनले आईसीपीसम्म निर्माण सम्पन्न भएको रेलवे नेपाल सरकारलाई केही दिनभित्रै हस्तान्तरण गरिने जानकारी दिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ नीतिको मूल मर्म विकासमा साझेदारी गर्दै अघि बढ्नु रहेको भन्दै श्रीवास्तवले भारत र नेपाल दुवै भाइभाइ भएको उल्लेख गरे । ‘दुवै समान छन्, एउटा ठूलो र अर्को सानो होइन । विकासमा एकले अर्कालाई सघाउँदै अघि बढ्नुपर्छ,’ उनले भने ।

विराटनगरमा बन्द गरिएको भारतीय दूतावासको कार्यालय खोल्नुपर्ने माग उद्योगी, व्यवसायीले गरेपछि श्रीवास्तवले नेपाल सरकार र विराटनगरवासीले चाहेमा उक्त कार्यालय खुल्ने स्पष्ट पारेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari