citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सभामुख सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो । प्रतिनिधिसभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध नवनिर्वाचित भएका थिए ।

himalayan life insurance
igi long