मितेरी डेभलपमेण्टको नाफा बढ्यो

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ३५ लाख ३ हजार खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ६९ लाख १० हजार थियो । गत वर्षको ६ महिनामा भन्दा यस वर्षको ६ महिनामा कम्पनीको नाफा २४ दशमलव ८० प्रतिशत बढी भएको हो । यस वर्ष सञ्चालन मुनाफा पनि सोही अनुपातमा बृद्धि भएको छ । गत वर्ष ९ करोड ५५ लाख ८६ हजार सञ्चालन मुनाफा गरेको यस बैंकले यस वर्ष ११ करोड ९२ लाख ९० हजार गरेको छ । चुक्तापूँजी भने गत वर्षकै अवस्थामा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५० लाख रहेको छ । चुक्तापूँजी गत वर्षभन्दा १८ दशमलव ९८ प्रतिशत बढी १६ करोड ९३ लाख ९९ हजार कायम भएको छ ।
यस वर्ष गत वर्षको दोस्रो त्रैमासको तुलनमा करिब ५ प्रतिशत बढी ४ अर्ब ९४ करोड ९६ लाख १६ हजार निक्षेप संकलन गरेको यस बैंकले गत वर्षभन्दा ५ प्रतिशत बढी ४ अर्ब २४ करोड २७ लाख ९० हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४३ प्रतिशत रहेको थियो भने यस वर्ष घटेर शून्य दशमलव ३० प्रतिशत कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ १५८ दशमलव २३ कायम भएको छ । यो अवधिसम्म कम्पनीले ३३ दशमलव ९२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।