stcnepal long ad
ime life insurance
global ime bank long

सैनिक पोशाकको दुरुपयोग 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । सैनिक व्यक्तिहरुको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरेको छ ।

२०७७ जेठ ४ गते उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको थियो ।

सोहि चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाका तर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएको र अनुसन्धानको सिलसिलामा निज व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहंदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको छ ।

 

prabhu mahalaxmi
kumari