stcnepal long ad
ime life insurance
national life
global ime bank long

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघले पठायो राहत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ ।

प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ ।

सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको महासंघले जनाएको छ ।

महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ ।

IME Lifesidebar
kumari