stcnepal long ad
global ime bank long

अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन लागेको एनआइसी एसिया लघुवित्तको नाफा बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार
काठमाडौं । अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन लागेको एनआइसी एसिया लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ५६.३९% बढी हो । गत वर्ष यसले ७ लाख ८४ हजार ५१ लख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस संस्थालार्ई ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो ।
यता, चैत मसान्तसम्म आइपुग्दा एनआइसी एसिया लघुवित्तले २७ करोड ११ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा २४.९८% ले बढी हो । गत वर्ष यसले २१ करोड ६९ लाख ३१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष १२ करोड ३२ लाख ८० हजार रुपैयाँ रहेको सञ्चालन नाफा १५ करोड ४८ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ करोड ७५ लाख ९ हजार रुपेयाँ छ । खराब कर्जा अनुपात ०.३२% छ । वि.सं २०७४ मंसिर १२ गतेबाट सञ्चालनमा आएको यो लघुवित्तले हाल ५८ वटा शाखा मार्फत सेवा दिइरहेको छ ।
IME Lifesidebar
kumari