stcnepal long ad
global ime bank long

हप्तामा एकपटक मात्र निजी पेट्रोल पम्पलाई आपूर्ति व्यवस्था

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार लकडाउनका कारण  घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा एक पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ ।  ३० प्रतिशतमा पेट्रोलियम पदार्थको कारोबार झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेतालाई दैनिक र निजीलाई हप्ताको एकपटक आपूर्तिको व्यवस्था गर्ने भएको हो ।
निगमले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनका चालक तथा सहचालकका साथै प्रत्येक ट्याङ्करलाई मानव बस्तीदेखि टाढा राख्ने प्रबन्ध मिलाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
निगमले आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमणको पुष्टि भएमा एक लाख रुपियाँ बराबरको बीमा व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको उपाध्यायको भनाइ छ ।

निगमले डिपो सञ्चालन एक तिहाइ कर्मचारीबाट गर्ने र बाँकी कर्मचारीलाई तयारी अवस्थामा राख्ने भएको छ । साथै कर्मचारी, पेट्रोलियम पदार्थ सम्बन्धी काम गर्ने मजदुर, ट्याङ्कर तथा ग्यास बुलेटका चालक, सहचालक, बिक्रेता बोटलिङ प्लान्टका कर्मचारी प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकाय मार्फत व्यवस्था गर्ने भएको छ ।

IME Lifesidebar
kumari