Everest Bank
nabil bank
national life
stcnepal long ad

दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढ्दा पनि सरकारको बेवास्ता

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । पछिल्लो समय बजार मूल्य मनपरी बढ्दा पनि सरकारले बेवास्ता गरेको छ ।चुनावपछि दैनिक उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतले बढिसकेको छ । जसका कारण सर्वसाधारणलाई बाँच्नै मुस्किल हुने अवस्था आएको छ । यसबीचमा दाल, चामल, मैदा र आटाको मूल्य अत्यधिक बढेको छ ।

नेपाल खुद्रा व्यापार संघले कात्तिक यता आटामा प्रति किलो २५ रुपैयाँ र मैदामा २० रुपैयाँ मूल्य बढेको बताएको छ । यस्तै, चामलमा पनि प्रतिकिलो १० देखि १८ रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बताएको बताउनुभएको छ ।

ठूला व्यापारीले पटकैपिच्छे मूल्य बढाउने गरेको खुद्रा व्यापारीहरूको भनाइ छ । अहिले नयाँ धान बजारमा आउने बेला हो तर यही बेला चामलकै मूल्य अत्यधिक बढ्नु स्वभाविक नभएको संघको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले पनि यो वर्ष नेपालमा धान उत्पादन बढेको देखाएको छ ।

वर्षभरिलाई ६८ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ । १४ लाख टन धानको अपुग हुने भएपछि पछिल्लो तीन महिनामा मात्रै चार अर्ब रुपैयाँको चामल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारी संयन्त्रले अनुगमन नगर्दा ठूला व्यापारीहरूले लूट मच्चाएको खुद्रा व्यापारीहरूको आरोप छ ।

१८ माघ २०७९, बुधवार १०:०९ बजे प्रकाशित

stcnepal long ad