stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौंमा देखियाे ३१ जनामा र्यापीड टेष्ट पोजेटिभ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए । पोजेटिभ देखिएका अधिकांश सफाइ कर्मचारी रहेका छन् ।

महानगरले स्वास्थ्य विभागको समन्वयमा विहीबारबाट परीक्षण थालेको थियो । शुक्रबार ९ सय ३४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ । जसमध्ये आडीटी विधिबाट ६सय ६४ र पीसीआर विधिबाट २ सय ७० जनाको परीक्षण गरिएको थियो । पीसीआर विधीबाट टेस्ट गर्दा लामो समय लाग्ने भएकाले आरडीटी विधिबाट पनि परीक्षण गरिएको उनले बताए ।

सफाई कर्मचारी र कालीमाटी तरकारी बजनारका ब्यापारिसहितको कोरोना परिक्षण महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा बिहीबारदेखि नै भएको थियो ।

आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।

IME Lifesidebar
kumari