stcnepal long ad
ime life insurance
national life
global ime bank long

२५ प्रतिशत जनप्रतिनिधीको तलब सुबिधा कटौती गरिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । सरकारले जनप्रतिनिधीहरुको तलब सुबिधा कटौती गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संसदका पेश गर्ने सरकारको नीति तथा कार्यक्रमबाटै सुबिधा कटौतीको घोषणा हुन सक्नेछ ।

नीति तथा कार्यक्रमबाट घोषणा नभए आगामी बजेटबाट अघि सारिने छ । ‘जननिर्वाचित प्रतिनिधी, पूर्व बिशिष्ट पदाधिकारी, उनीहरुको सचिवालयका सबैको १५ देखि २५ प्रतिशतसम्म तलब सुबिधा कटौती गर्ने तयारी भैरहेको छ’, अर्थ मन्त्रालय श्रोतले भन्यो । श्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीकै इच्छा अनुसार जनप्रतिनिधीहरुको तलब सुबिधा कटौती गर्न लागिएको हो ।

‘यतिबेला सरकार लोकप्रिय घोषणा गर्नैपर्ने बाध्यतामा छ, जनप्रतिनिधीको तलब  सुबिधा कटौतीको लोकप्रिय निर्णय गरेर सरकार नागरिकको विश्वास जित्न चाहान्छ’, श्रोतले भन्यो । विकासका नयाँ आयोजना घोषणा, रोजगारीका नयाँ कार्यक्रम ल्याएर यतिबेला लोकप्रिय बन्न सकिने अवस्था नरहेकाले तलब कटौतीको योजना अघि सार्न लागिएको हो ।

‘श्रोत सिमित छ, वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रम बढाउने सम्भावना छैन्, विकासका आयोजना पनि नियमित प्रक्रिया हुन्छन्, त्यसकारण जनप्रिय बन्ने सहज उपाय तलब कटौती नै हो’, उक्त श्रोतले भन्यो । कोरोना प्रभावित संसारका अधिकांश मुलुकले पनि जनप्रतिनिधीहरुको तलब भत्ता कटौती गरेका छन् ।

कर्मचारीतन्त्रले असहयोग गर्न सक्ने भएकाले उनीहरुको भने तलब नकाट्ने निष्कर्षमा सरकार छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, संघीय संसदका जनप्रतिनिधी, पूर्व बिशिष्ट पदाधिकारी र सचिवालयका सहयोगीहरुको तलब कटौती गरेर प्रदेश तथा स्थानीय तहलाई पनि कटौतीका लागि प्रेरित गर्ने सोँच बनेको बताइन्छ ।

बरिष्ठ अर्थ विद डा. चन्द्रमणी अधिकारीले पनि जनप्रतिनिधीहरुको तलब सुबिधा कटौती गरेर सरकारले नागरिकबीच लोकप्रिय बन्नुपर्ने बताए । ‘सरकारको लोकप्रियता घटिरहेको छ, यस्तो अवस्थामा तलब सुबिधा कटौती गरियो भने नागरिकको विश्वास बढ्नेछ’, अधिकारीले भने । उनले १० देखि २५ प्रतिशतसम्म तलब सुबिधा कटौती गरिनु उपयुक्त हुने धारणा पनि राखे । पछिल्लो समय सरकारलाई तलब कटौतीका लागि दबाव पनि बढिरहेको छ ।

IME Lifesidebar
kumari