stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जीटुजीको पच्चीस सय टन मल भित्रियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच ९जीटुजी० भएको सम्झौता अनुसारको दुई हजार पाँच सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ ।

पहिलो चरणमा ल्याइने ३० हजार टनमध्ये शनिबार दुई हजार पाँच सय टन मल नेपालमा भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजी मार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले शनिबार उक्त मल वीरगन्ज भन्सारमा भित्रिएको जानकारी दिनुभयो । अरू बाँकी मल १५ दिनमा आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता भारत र नेपाल सरकार–सरकारबीच ९जीटुजी० समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

जीटुजीबाहेक थप ग्लोबल टेन्डरबाट ५९ हजार टन मल आयात गर्न लागिएको उहाँले जानकारी दिनुभयो । भारतले जीटुजीमार्फत सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो ।

कम्पनीसँग हाल १५ हजार टन मल मौज्दात रहेको र नियमित रूपमा आयात भइरहेकाले हिउँदे बालीका लागि मल अभाव नहुने उहाँले जानकारी दिनुभयो ।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीको मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ भारत पठाइसकेको जनाएको छ ।

सरकारले मल खरिद गर्न चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपियाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको मन्त्रालयले जनाएको छ । मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ ।

मुलुकमा वार्षिक पाँच लाख २० हजार मेट्रिक टन मलको माग भए पनि माग अनुसार आयात नहुँदा बर्सेनि अभाव हुने गरेको छ । समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नुपरेको छ । धानबालीका लागि मात्र एक लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्क छ ।

धान, मकै, गहुँ, उखु, तरकारीलगायतका बालीमा रासायनिक मल प्रयोग हुने गर्छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनले मल आयातको अनुुमति पाएका छन् ।

विभिन्न सहकारी मार्फत बजारमा मलको वितरण हुने गरेको छ । हिउँदै बालीका लागि नियमित रूपमा मलको वितरण भइरहेकाले अभाव नहुने कम्पनीले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari