stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजको मौसम : वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था रहेको छ ।

आज (सोमबार) प्रदेश–१ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश– १ को पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता मङ्गलवार पनि देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

IME Lifesidebar
kumari