stcnepal long ad
ime life insurance
national life
global ime bank long

अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहन्छ : अर्थमन्त्री पौडेल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ। बिहीबार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो।

उहाँले यो क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको भन्दै व्यवसायीलाई आन्दोलन स्थगित गर्नसमेत आग्रह गर्नुभएको छ। ‘‘अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको छु।

व्यवसायीले भोगिरहेका समस्याको समाधान गर्ने विषयमा सरकार सकारात्मक छ’’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘सरकार अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशील छ। अहिले व्यवसायीले आन्दोलन गर्नुपर्ने अवस्था छैन।’’

अर्थमन्त्रीसँगको छलफलमा एसोसिएसनका अध्यक्ष ध्रुव थापाले कोभिडको महामारीको कारण व्यवसायमा धेरै अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताउनुभएको छ।

पछिल्लो समय आएका नीतिका कारण पहिल्यैदेखि प्रताडित भएका अटोमोबाइल व्यवसायी व्यवसायबाट नै पलायन भइरहेको भन्दै व्यवसायको उत्थानका लागि पहल गर्न आग्रह गर्नुभयो।

सवारी साधन आयातका लागि एलसी खोल्दा न्यूनतम नगद मार्जिनको सीमा १० प्रतिशत कायम गर्न, अटो लोनरहायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने लगायत विभिन्न मागसमेत एसोसिएसनले अगाडि सारेको छ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुँदाहरू हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठिन हुने एसोसिएसनको धारणा रहेको छ। यो निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्न विशेष आग्रह गरिएको छ।

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पङ्कज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ र अभिक ज्योतिको उपस्थिति थियो।

IME Lifesidebar
kumari