citizens life insurance long ad
stcnepal long ad

न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ ।

त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ।

तराईका केही भूभागमा बिहानदेखि नै हुस्सु लागेको छ। पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

 

IME Life
kumari