stcnepal long ad
global ime bank long

‘सांसद अपहरण’ प्रकरणमा पूर्वआइजिपी खनालका चालकसँग लिइयो बयान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार 

काठमाडौँ । ‘सांसद अपहरण प्रकरण’मा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालका चालकसँग बयान लिइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शनिवार पूर्वआईजीपी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग बयान लिएको हो ।

पूर्वआईजीपी खनाल सहित नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र नवीन बस्नेत विरुद्ध समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवका तर्फबाट बिहीबार काठमाडौँ प्रहरी परिसरमा ‘अपहरण’को मुद्दा दर्ता भएको थियो ।

यससँगै परिसरले अपहरण आरोपित नेकपा सांसद बस्नेत र पीडित समाजवादीका सांसद यादवका अंगरक्षक समेत रहेका प्रहरी जवानद्वय डिल्लीराम भट्टराई र चुणामणि भट्टराईलाई बयानका लागि उपस्थित गराइदिन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । बिहीबार नै परिसरले निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली महोत्तरी पठाएको छ ।

वैशाख १० गते पूर्व आइजिपी खनाल तथा नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठले समाजवादी पार्टी विभाजन गर्ने मनसायले सो पार्टीका सांसद यादवलाई महोत्तरीस्थित घरबाटै जबरजस्ती गाडीमा हालेर काठमाडौँ ल्याएको आरोपमा काठमाडौँ परिसरमा अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भएको हो ।

अपहरित भनिएका यादव परिसर पुगेर मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न नमानेपछि यादव वैशाख २२ गते काठमाडौँ सरकारी वकिलको कार्यालय गएका थिए । सोही मुद्दा सरकारी वकिलको कार्यालयबाट बिहीबार परिसरमा पठाइएको थियो ।

IME Lifesidebar
kumari