stcnepal long ad
ime life insurance
national life
global ime bank long

सशस्त्रका २२ डिएसपीको बढुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २७ गते शनिबार 

काठमाडौं । सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले साधरण समुहको साधरण उपसमुहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा समिर कुमार महर्जनको नाम परेको छ । दोस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि सिफारिस भएका अन्यमा विजय कुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट रहेका छन् ।

यस्तै महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम बढुवाका लागि सिफारिस भएको छ ।

बढुवा प्रति चित्त नबुझे सात दिन भित्र उजुरी दिन पनि डीएसपीहरुलाई बढुवा सिफारिस समितिले भनेको छ।

IME Lifesidebar
kumari