stcnepal long ad
ime life insurance
global ime bank long

कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले  गरेको छ । दूतावासले एक सूचनामार्फत श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भए कानुनअनुसार पाउने सेवा सुविधाबाट वञ्चित हुने भन्दै अवधि सकिनुअघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीको करार अवधिभित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परेर गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता उपलब्ध हुन्छ ।

त्यस्तै विदेश जानुपूर्व श्रम स्वीकृति लिने बेलामा गरेको बीमा रकम पाउने व्यवस्था छ तर समयमा श्रम नवीकरण नगराई श्रम स्वीकृतिको म्याद सकिएपछि कुनै दुर्घटना भएमा यस्तो सहायता पाइँदैन ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम स्वीकृति लिनुुपर्ने व्यवस्था छ । एक पटक श्रम स्वीकृति लिएर विदेशमा काम गरी घर फर्किएर पुनः त्यही काममा जाँदा श्रम स्वीकृतिको अवधि सकिएको भए अनिवार्य रूपमा श्रम नवीकरण गर्नुपर्छ ।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट धधध।ाभष्mक।नयख।लउ मा लग इन गरी संसारका जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ ।

prabhu mahalaxmi
kumari